अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास एकदिवसीय खेलमा तास्मानिया मेन्सविरुद्ध मध्यम योगफलमा समेटिएको छ । डार्विनस्थित गार्डेन्स ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ४३.३ ओभरमा १९२ रन बनाउँदै अलआउट भएको हो ।
नेपालका लागि ओपनर तृर्तराज दासले ६३ बलमा सर्वाधिक ३७ रन बनाए । अर्का ओपनर मयाङ्क यादवले ५५ बलमा ३२ रनको योगदान दिए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुआत दिलाए पनि मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् ।
कुशल मल्लले २९ रन र पवन सर्राफले अविजित २२ रन जोडे । यस्तै देवप्रसाद डुम्रेले १८, कुशल भुर्तेल र अनिल शाहले समान ११-११ रन बनाए । लोकेश बमले ११ रन जोड्दा शाहबु आलम र रिजोन ढकाल शून्य रनमै आउट भए ।
तास्मानियाका बलर बिल्ली स्टानलेक ले घातक बलिङ गर्दै १० ओभरमा २१ रन दिएर ४ विकेट लिए । विल प्रेस्टविज र आर म्याकमिलनले समान २-२ विकेट हात पारे ।
१९३ रनको लक्ष्य पछ्याएको तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ ।












