प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले बाढीपीडितलाई ४० करोड सहयोग गर्ने

Image

नेपाल प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

भदौ १० गते भोटेकोसी नदीमा आएको विकाशकारी बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित छन् । कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यका लागि सहयोग गर्न लागेको हो । 

आईजीपीसहित प्रहरीका उच्च अधिकारीको सोमबारको बैंठकबाट कार्यालय सहयोगीको दुई दिन, प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको पाँच दिन र प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मको ६ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

प्रहरी इन्स्पेक्टरदेखि एसएसपीसम्मको १२ र डीआईजीदेखि आईजीपीसम्मका अधिकारीको १५ दिनको तलब बाढीपीडितका लागि सहयोग गर्ने निर्णय भएको हो । प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले राहत कोषमा रकम जग्मा गर्ने निर्णय भएको बताए ।