संसद्को सभाकक्षमा ढले सांसद खड्का, वीर अस्पताल लगिंदै

Image

नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्मा संसद्को सभाकक्षमा ढलेका छन् ।

उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके । केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उक्त रक्तचाप देखिएको छ ।

‘त्यहीँ (संसद् सचिवालय) चेकचाँज गर्दा यस्तो देखिएको हो,’ गिरीले भने, ‘अहिले उहाँलाई सामान्य परीक्षणपछि वीर अस्पताल लगिँदैछ ।’