राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
देश तथा जनताको हित र कल्याणको कामना गर्दै उनले मंगलबार बिहान पशुपतिमा पूजा-आराधना गरेका हुन् ।
उनले पूजाअर्चनाका साथै पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् ।