एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।
ओपनिङ ब्याटिङ संकटमा परेको अवस्थामा पाँचौ विकेटका लागि बसिर अहमेदसँग रनको साझेदारी गर्दै दीपेन्द्र र बसिरले अर्धशतक बनाएका हुन् । दीपेन्द्रले नेटआउट ७२ बलमा ५० रन बनाएका हुन्। उनले बसिर अहमेदसँग ९३ रनको साझेदारी गरे । बसिर ८८ बल खेल्दा ४७ रन बनाएर आउट भएका हुन् ।
ओमानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । नेपालका ओपनर आशिफ शेख ११ र देव खनाल १३ रनमा आउट हुँदा इशान पाण्डे एक र रोहित पौडेल तीन रनमा आउट भएपछि आएका दुई ब्याट्सम्यानले महत्तवपूण्र्ण साँझेदारी गर्दै खेल उकासेका हुन् ।
दीपेन्द्रले ७२ बलमा चार चौकाको मद्दतमा ५० रन पूरा गरे भने बसिरले ८८ बलमा ४७ रन बनाउँदा आउट भए । उनी अर्धशतक बनाउन तीन रनले चुके । अहिले क्रिजमा दिपेन्द्र र गुल्सन झा छ । ३७ ओभरको खेल सकिँदा दीपेन्द्रले ५१ रन बनाएका छन् भने पाँच बल खेल्दा गुल्सन रनबिहीन छन् ।














