एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सुरु, ओलीको प्रतिवेदनमाथि सदस्यले धारणा राख्दै

Image

 नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ। ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सोमबारदेखि जारी बैठकमा मंगलबार केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन्।

केन्द्रीय सदस्यहरूलाई धारणा राख्न बढीमा तीन मिनेटको समय छुट्याइएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा सदस्यहरूले आफ्ना धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको छ।

बैठकले केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयनसँगै विभिन्न विभाग गठन गर्ने एजेन्डा पनि अघि बढाउनेछ। त्यस्तै, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने तयारी रहेको एमालेले जनाएको छ।

एमाले नेताहरूका अनुसार मंगलबारको बैठकबाट पोलिटब्युरो, स्थायी कमिटीलगायत नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ। बैठकमा पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे समेत छलफल भइरहेको छ।