सेयरबजार आज १६.४७ अंकले घटेको छ।
साताको पहिलो कारोबार दिन नै नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा झरेको हो।
यस दिन ५ अर्ब ३८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १ करोड ३१ लाख कित्ता किनबेचपछि उक्त परिमाणमा कारोबार भएको हो।
सोमबार ४९ वटाको सेयर मूल्य बढ्दा २२४ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज सेयरहरु १२.१७ प्रतिशतसम्म बढेका र १०.५८ प्रतिशतसम्म घटेका छन्। कारोबारमा आज हिमालयन डिस्टिलरी अगाडि छ। कम्पनीको ३५ करोडको कारोबार भएको हो। त्यसपछि शिवम् सिमेन्टको पनि २९ करोडको किनबेच भएको छ।
यस दिन व्यापारबाहेक सबै समूह राताम्य छन्।














