सुदूरपश्चिम ८७ रनमै अलआउट

Image

ब्याटिङ कमजोर बन्दा साविक उपविजेता सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा  ८७ रनमै अलआउट भएको छ ।  

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सविरुद्ध १७.२  ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।