पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।
थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई थप उपचारका निम्ति कराची लगिएको छ । मृत्यु भएकाहरूको शव पहिचानका निम्ति स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन् ।
विस्फोटको कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ । टोलीले घटनास्थलका प्रमाणको जाँच गरी विस्फोटको कारणबारे अनुसन्धान गर्नेछ ।















