पश्चिम नेपालनजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रवातको अवशेष)को प्रभाव कम हुँदै गएको छ ।
माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, आइतबार (कात्तिक १५) दिउँसो, देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
राति, देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको पूर्वानुमान छ ।
तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने विभागले जनाएको छ ।















