पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द

Image

पृथ्वी राजमार्गमा सोमबार (कात्तिक १६) तीन घण्टा सवारी आवागमनमा बन्द गरिने भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको हो । 

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सोमबार बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको जनाएको हो । 

सडक बन्द रहने अवधिभर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ ।