सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेर २६५२.५८ अंकमा आइपुगेको छ । सोमबार घटेको बजारमा मंगलबार र बुधबार भने हरियाली छाएको थियो । बिहीबार भने पुनः दोहोरो अंकको गिरावट देखिएको हो ।
यो दिन लगानीकर्ताले कारोबार पनि घटाएका छन् । लगानीकर्ताले कुल चार अर्ब ७२ करोडको मात्रै सेयर किनबेच गरेका छन् । लगानीकर्ताले बुधबार भने सात अर्ब ३७ करोडको कारोबार गरेमा थिए ।
यो दिन कारोबारमा आएका ३४९ कम्पनीमध्ये ५६ वटाको मूल्य बढ्दा २११ वटाको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
नेप्से घटे पनि यस दिन कुमारी सबल योजना र स्नो रिभर लिमिटेडको सेयर सर्वाधिक बढेको छ । कुमारी सबलको २.९६ र स्नो रिभरको २.८६ प्रतिशतले मूल्य बढेको छ । सर्वाधिक घट्नेमा भने कुमारी बैंकको डिबेन्चर र चिरख्वा हाइड्रो छन् ।
कारोबारमा भने आज आँखुखोला जलविद्युत् कम्पनी अगाडि छ । यो कम्पनीको १८ करोडको कारोबार भएको हो ।















