सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो, नयाँ रेकर्ड कायम

Image

नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । एकैदिन ठूलो वृद्धि भएसँगै सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ ।