सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

Image

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।