छठ पर्वको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन्।
छठ पर्वका अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दैछन्।
सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।
छठ पर्वमा सूर्यलाई अर्घ दिएर परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ।














