नवलपुरमा यात्रु बस दुर्घटना, २५ जना घाइते

Image

नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत लोकाहा क्षेत्रमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।