सेयरबजारमा साताको पहिलो कारोबार दिन सामान्य सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा चढेको हो। यस दिन ३ अर्ब ८२ करोडको किनबेच भएको छ। कुल १ करोड कित्ता खरिदबिक्रीमा यो परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ।
सो कारोबारमा १०६ वटा सेयरको मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। ९ वटाको मूल्यमा उतारचढाव आएको छैन। यस दिन सेयरहरु १०.५८ प्रतिशतसम्म बढ्दा ८.३३ प्रतिशतसम्म घटेका छन्।
कुल कारोबार भने १५ करोडसम्म मात्र छ। सोमबारको कारोबारमा वाणिज्य बैंक, विकास बैंक, लगानी र अन्य सूचक बढे पनि बाँकी भने घटेका छन्।
















