रुस–युक्रेन युद्ध सुरु भएसँगै उकालो लागको सुनको मूल्य सोमबार १ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
आइतबार २ हजारले बढेको सुनको मूल्य आज ११ सयले बढेको हो । रुस–युक्रेनबीचको युद्ध जति लम्बियो उति नै मूल्य बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय विज्ञहरुका यसपटक सुनको मूल्य १ लाख १० हजार पुग्ने प्रक्षेपण गरिएको छ ।
इकोनोमिक वारले विश्व अर्थतन्त्रमा पारेको असरका कारण युद्ध लम्बिँदै जाँदा सुन र डलरको मूल्य उकालो लाग्ने महासंघले बताएको छ ।
युद्ध थप एक हप्ता लम्बिए सुनको मूल्य १ लाख १० हजार पुग्ने निश्चित जस्तै छ । यसअघि २०७६ असोजमा कोरोनाका कारण १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको थियो ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४२५ पुगेको छ । यसअघि आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।













