काठमाडौं । गुल्मीस्थित रेसुङ्गा विमानस्थल आगामी बैशाखमा सञ्चालन गर्ने तयारी गरिएको छ । रेसुङ्गा नगरपालिका–१० सिमीचौरस्थित रेसुङ्गा विमानस्थलको अन्तिम चरणका काम तीव्र रुपमा अघि बढेका छन् । अहिले विमानस्थलको धावन मार्ग कालोपत्रे सकिएको छ । टर्मिनल भवन रङ्ग रोगन सहितको काम १५ दिनभित्र सकिने छ ।
विमानस्थल निर्माणको कामको मंगलबार पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदीप ज्ञवालीले निरीक्षण गरेका छन् । उनले नियमित उडानका लागि नागरिक उड्डयन प्राधिकरण र निजी विमान सेवा कम्पनीसँग छलफल गरिरहेको बताए । यो विमानस्थलबाट आगामी वैशाखदेखि नियमित हवाइ सेवा सञ्चालनको तयारी भएको छ ।













