काठमाडौं । उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान ११ बजे स ७ प ८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी बेलका नगरपालिका–३ कि ७६ वर्षीया राममाया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय विष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएको छ ।













