कैलालीमा एउटै कोठामा दिदीबहिनी मृत भेटिएका छन् ।
मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।
२७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्राको शव एउटै कोठामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको डिएसपी बोहराले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा सिमालु केही वर्षदेखि मुटु रोगी भएको र इन्द्राले डिप्रेशनको औषध खाइरहेको पाइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













