महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई

आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । न्यूजिल्याण्डमा आज सम्पन्न फाइनलमा अष्ट्रेलियाले इंग्ल्यायण्डलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको हो ।अष्ट्रेलियाले दिएको ३५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३४.४ ओभरमा २८५ रनमात्रै बनाउन सक्यो । इंग्ल्याण्डका लागि नाट स्केभरले १४८ रनको नटआउट पारि खेले पनि उपाधि दिलाउन पर्याप्त बनेन्।

टोमि बिमाउन्टले २७ रन जोड्दा हेथर किंगले २६ रन जोडिन् । सोफिया डंक्लीले २३ तथा चार्लिन डिनले २१ तथा एमी जोन्सले २० रन बनाएकी थिइन् । अष्ट्रेलियाका लागि जेस जेनासेन र एलेना किंगले ३–३ विकेट लिए । पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर १ सयस ५६ रन बनाएको थियो । उसको उच्च स्कोरमा एलयस हेलीको १ सय ७० रनको शानदार शतकीय इनिङमा उच्च स्कोर बनाएको हो।

टस हारेर पहिलो ब्याटिङ गर्दै अस्ट्रेलियाले सानदार सुरुवात गर्‍यो। पहिलो विकेटका लागि हेली र रचेल ह्यानेस बिच १ सय ६० रनको साझेदारी भएको थियो। हेनेस ६८ रनमा आउट भइन्। त्यस्तै बेथ मोनीसँग पनि हेलीले दोस्रो विकेटका लागि १ सय ५६ रनको साझेदारी गर्दै टीमलाई उच्च स्कोरमा पुर्‍याएकी थिइन्। हेलीले १ सय ३८ बलमा २६ चौकाको सहयोगमा १ सय ७० रनको विशाल योगफल बनाएकी थिइन्। मोनी भने ६२ रनमा आउट भइन्। त्यस्तै एलस पेरी १७ तथा तहिला म्याग्रेथ ८ रनमा अविजित रहे। इंग्ल्यान्डका लागि एनी स्रुवसोले ३ विकेट लिएकी थिइन्।