श्रीलंकाको राजधानी कोलम्बोमा सयौं मानिसहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा दिन माग गर्दै जुलुस निकालेका छन्। सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच अवरुद्ध गरेपछि र बिग्रँदै गएको आर्थिक संकटको विरोधका प्रदर्शनहरू नियन्त्रण गर्न कर्फ्यू लगाएपछि उनीहरुले जुलुस निकालेका हुन्।
विपक्षी समगी जन बालवेगया ९एसजेबी० गठबन्धनका दर्जनौं राजनीतिज्ञ र यसका समर्थकहरू आइतबार कर्फ्यूको अवज्ञा गर्दै डाउनटाउन कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरनजिक भेला भएका थिए। उनीरुहरुले ‘गोटा गो ब्याक होम’ भन्ने नारा लगाएका थिए।
बढ्दो मुद्रास्फीति, खाद्यान्न अभाव र विद्युत् कटौतीको विरोधमा विपक्षी गठबन्धनले पनि राजधानीको बाहिरी शहरमा र्याली निकालेको छ। कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरमा प्रदर्शनकारीलाई रोक्न हतियारसहित प्रहरी र सैनिक खटाइएको थियो। विपक्षी दलका नेता सजिथ प्रेमदासाले सुरक्षा बललाई र्याली अगाडि बढाउन दिन आग्रह गरेका थिए।