काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ ।सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.लीसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।सोमबार सार्वजनिक सूचना निकालेर कोषले धर्मशालामा रहेका सरसामान हटाउन भनेको छ ।
https://www.tvannapurna.com/55347/2022/04/04/
https://www.tvannapurna.com/55219/2022/04/03/














