युक्रेनको डोनबासमा भीषण लडाई

काठमाडौं । पूर्वी युक्रेनको डोनबासमा अहिले रुस र युक्रेनका सैनिकहरूबीच भयंकर लडाइँ चलिरहेको छ । लडाइँको मुख्य केन्द्र इज्युम बनेको छ ।

रुसी सैनिकहरू बाराबाशेभ्का र भेर्नोपोल्या क्षेत्रमा अघि बढिरहेका छन् । कुरुल्का गाउँ नजिक रुसी सेनाले रणनीतिक सफलता हासिल गर्दै युक्रेनी सेनालाई धपाएको छ । यो गाउँ बार्भेन्कोभो राजमार्ग नजिक छ र त्यस सडक हुँदै युक्रेनी सेनाले गोलीगट्ठा, इन्धन र खाद्यसामग्रस् ल्याउने गरेको थियो ।

ओस्कोल नदीको पूर्वतर्फ रुसले लोजोभोये, रेडकोदुब र टोर्स्कीमा नियन्त्रण कायम गरेको छ । अहिले अलेक्जान्द्रोभ्का, जेलेनाया डोलिना र जारेच्नोयेमा लडाइँ चलिरहेको छ ।

खार्किभ क्षेत्रमा प्रुद्यान्का, लोजोभाया, त्सिरकुनी, बालाकेल्या लगायतका गाउँमा लडाइँ चलिरहेको छ । युक्रेनी सेनाले चुगुएभ शहरबाट सेनामाथि प्रत्याक्रमण गरेको खबर छ । सेभेरोडोनेत्स्क लिसिचान्स्क क्षेत्रमा लडाइँ जारी छ । लुगान्स्क मिलिसियाले रुबेझ्नोएको बाहिरपट्टि सफाया कारवाही चलाइरहेका छन् ।

नोभोतोश्कोभ्सकोये गाउँमा लुगान्स्क मिलिसियाले नियन्त्रण कायम गरेको दाबी गरेका छन् । क्रेमेन्नाया शहर नजिक युक्रेनी सेनाको पकड रहेको क्षेत्रमा रुसी सेनाले कब्जा गरेको बताइएको छ ।

पोपास्नायामा भारी लडाइा चलिरहेको छ । लुगान्स्क मिलिसियाका सैन्य इकाइहरू बिस्तारै अघि बढिरहेका छन् । आइतवार लुगान्स्क मिलिसियाले पोपास्नाया–१ रेलवे स्टेसन नियन्त्रणमा लिएको छ । आव्दीव्का र मारिन्का क्षेत्रका मोर्चामा कुनै परिवर्तन देखिएको छैन । उक्त क्षेत्रमा आर्टिलरीहरू खुबै प्रहार गरिएका छन् ।