काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको जानकारी दिए ।
‘अहिलेसम्म ५७० स्थानीय तहको पूर्ण परिणाम आएको छ । १७४ नगर प्रमुखरउपप्रमुख, ३९६ गाउँपालिका अध्यक्षरउपाध्यक्ष निर्वाचित भइसक्नुभएको छ । ३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३०३ जना निर्वाचित भइसक्नुभयो’, प्रवक्ता पौडेलले भने ।
पौडेलका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।