प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो भन्ने प्रश्न गरेका छन् ।
‘अहिले मार्कटिङ गर्न खोजिँदैछ । संसदमा विचाराधीन नागरिता विधेयकको बारेमा यसलाई संवेदनशील मुद्दा बनाएर आफ्नो पक्षमा मार्केटिङ गर्ने कोशिस गरिँदैछ’, पोखरेलले भने ।
सरकारले नीति तथा कार्यक्रममा नागरिकता विधेयकलाई सहमतिको आधारमा छिटै टुंगोमा पुर्याउन पहल गर्ने उल्लेख गरेको छ । यही प्रसंगमा उपाध्यक्ष पोखरेलले टिप्पणी गरेका हुन् ।














