संखुवासभामा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।आइतबार बिहान करिब ८ बजे भालुको आक्रमणमा परेर भोटखोला –२ गुठीगुम्बाकी ५२ वर्षीया थोङ्जुङ भोटे गम्भीर घाइते भएकी हुन् ।
घरनजिकै गोरु खोज्न जाने क्रममा भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट उनको अनुहार, टाउको र हातमा गहिरो चोट लागेको छ। भालुको आक्रमणबाट घाइते भएकी भोटेको भोटखोलाकै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
मकालु वरुण राष्ट्रिय निकुन्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा बर्सेनि भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।












