जसपा पनि मन्त्री फेरबदलको तयारीमा

जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा सहभागी आफ्ना मन्त्रीहरुको फेरबदल गर्ने तयारी गरेको छ । यसका लागि अध्यक्ष उपेन्द्र यादवदे निरन्तर प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर परामर्श गरिरहेका छन्।

अध्यक्ष यादवले कार्यसम्पादनमा अन्य नेतालाई मौका दिन पार्टीबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेका हुन्।

आइतबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा रहेका ६ मध्ये चार जनालाई फिर्ता बोलाएको छ। साथै नयाँ मन्त्रीमा चार जनाको नाम सिफारिस गरेको छ। नयाँ मन्त्रीहरुको सपथ सोमबार हुँदैछ।