जापानविरुद्धको खेलमा ब्राजिलको संघर्षपूर्ण जित

जापानसँगको मैत्रीपूर्ण खेलमा ब्राजिलले संघर्षपूर्ण जित निकालेको छ । ब्राजिल घरेलु टोली जापानमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

जापान नेसनल स्टेडियम टोकियोमा सोमबार भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको साहरा लिनुपरेको थियो । ब्राजिलको हरेक आक्रमणमा जापानको रक्षापङ्ति र गोलरक्षक बाधक बनेको थियो ।

खेलको दोस्रो मिनेटमा नै भिनिसियस जुनियरको पासमा नेयमारको चलाखीपूणै ब्याकहिल पासमा लुकास पाक्वेटाको प्रहार पोस्टमा लागेर फर्कदा ब्राजिल अग्रता लिनबाट चुकेको थियो ।

खेलको ६४औं मिनेटमा गोरक्षक एलिसन बेकरले दिएको लामो पासलाई नेयमारले चेस्टले नियन्त्रणमा लिदै गरेको प्रहार इटाकुराले ब्लक गर्दै टोलीको अर्को खतरा टारे ।

७८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो ।