एमालेले प्रतिनिधिसभामा विरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेको हो।
बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको एमालेको भनाइ छ । यस विषयमा छलफल गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ ।
एमालेले विरोध गरेपछि सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका छन् ।













