काठमाडौँ – शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमा उनाले सरकार निर्माण गर्ने बिषयमा दलहरुबीच छलफल सुरु भइसकेको भन्दै पाँच दलीय गठबन्धनको सरकारको मन्त्रीहरु पनि सल्लाहमै टुँगो लगाउनुपर्ने बताए ।
मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे । त्यस्तै उनले अहिलको निर्वाचनमा आफ्नो पार्टीको सन्तोषजनक परिणाम नआएको जिकिर गरे । मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने दाबी गरे । थापाथलीको सवालमा सुकुम्बासी वस्ती भनिएको ठाउँमा ठूला भवन बनाईएका र स्टल बनाएर भाडा असुल्ने काम भएको उनले बताए ।
मन्त्री चौधरीले सबै सुकुम्बासीको पहिचान गर्ने र उनीहरुको घर नबन्दासम्म उनीहरुको लागि उचित बसोबासको व्यवस्थापन गर्ने जानकारी दिए ।













