ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीमा मिनी ट्रक दुर्घटना हुँँदा एक जनाको मृत्यु भएको छ । कैलाली जिल्लाको भजनी नगरपालिका–७ चर्रामा से १ ख १६२७ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

मिनी ट्रक अनियन्त्रित भएर गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–७ मनेराका ५५ वर्षीय जुगराम चौधरीको सेती प्रादेशिक अस्पताल, धनगढीमा क्रममा मृत्यु भएको हो ।

मिनी ट्रकमा सवार एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र दुई जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइहरेको छ । मिनी ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।