नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २१.०५ प्रतिशतसम्म नगद लाभांश दिने घोषणा गरेको छ ।
इन्स्योरेन्सले आइतबार ३७६औँ सञ्चालक समितिको बैठकबाट कुल चुक्ता पुँजीको २१ प्रतिशत नगद लाभांश लगानीकर्तामा बाँड्ने निर्णय गरेको हो ।
कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ । यसको २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
उक्त लाभांशमा १.०५ प्रतिशत भने कर प्रयोजनका लागि प्रयोग हुनेछ । कम्पनीले लभांश वितरणका लागि अब नेपाल बीमा प्राधिकरणको स्वीकृति लिनेछ भने त्यसपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।