प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानको बधाई

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

सोमबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री खानले संसदबाट विश्वासको मत पाएकोमा समकक्षी देउवालाई बधाई दिएका हुन् । उनले आफूले नेपालसँगको हार्दिक सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् ।

उनले चासोका विषयहरुमा नेपालसँग निकट रुपमा मिलेर काम थर्न चाहेको समेत उल्लेख गरेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति प्रधानमन्त्री देउवाले विश्वासको मत पाएलगत्तै बधाई दिएका थिए । उनले टेलिफोन र सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई बधाई दिएका थिए ।