उपत्यकाका सिडिओको बैठक बस्दै, कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ। मंगलबार (आज) जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरमा प्रमुख जिल्ला अधिकारी संयुक्त बैठक बसी निषेधाज्ञाबारे निर्णय लिने छन्। बैठक आज दिउँसो दुई बजे बैठक बस्ने बताइएको छ । जारी निषेधाज्ञा भोलि (बुधबार) सकिँदै छ। नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो।
यस्तै पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ गर्ने तयारी समेत छ। यसअघि संक्रमण घटेको भनी खुकुलो गरिएका केही क्षेत्रलाई कडाइ गर्दै निषेधाज्ञा पुनः कडाई गर्दै थप्नेबारे बैठक केन्द्रित हुने स्रोतले जनाएको छ । तर यसबारे थप निर्णय भने आज बस्ने उपत्यकाका तीन जिल्लाका सीडीओहरुको संयुक्त बैठकले गर्नेछ ।