धादिङमा पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय बालक बेपत्ता

धादिङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर १३ वर्षीय बालक बेपत्ता भएका छन् । गजुरी गाउँपालिका वडा नं ८ किराञ्चोकको खोलामा डुबेर स्थानीय नवराज ढुंगानाको १३ वर्षीय छोरा विजय ढुंगाना बेपत्ता भएका हुन् ।

मंगलबार बिहान ११.३० बजेतिर बेल्खु खोलामा चार जना साथीभाई मिलेर पौडी खेल्न गएका विजय बेपत्ता भएका हुन् । विजय खोलामा डुबेर बेपत्ता भएपछि सँगै गएका उनका दाजुले गाउँले र आफन्तलाई खबर गरेका थिए ।

बेपत्ता भएको बालकको प्रहरी र स्थानीय मिलेर खोजी कार्य भइरहेको गजुरी ८ का वडाध्यक्ष राजकुमार ढुंगानाले जानकारी दिएका छन् ।