लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बैठकलगत्तै पार्टी संसदीय दलको बैठक राखेका छन् ।
बुधबार बिहान मुख्यमन्त्री पोखरेल निवासमा मन्त्रिपरिषद बैठक बसेको थियो । मन्त्रिपरिषद् बैठक लगत्तै सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको हो । दुवै बैठकको निर्णय बारे मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रवक्ता चौधरीले जानकारी दिए ।
आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ । यो बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।















