प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।
सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
छलफलमा उपस्थित एक सदस्यका अनुसार उनलाई बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोलाप्रथा लागू गर्न आलटाल गरेको र मन्त्रिपरिषदमा भाग खोजेको विषय के हो भनेर सोधेका थिए ।
उनको प्रश्नमा उत्तर दिँदै राणाले हमाललाई मन्त्री बनाउन आफ्नो कुनै संलग्नता नरहेको र हमालसँग आफ्नो आउजाउसमेत नभएको बताएका थिए ।
हमाल मन्त्री भएको विषयमा आफूलाई जोडेको भएपनि त्यसमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताएका छन् ।