आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेका थिए संसद् भवनको सुरक्षामा खटिएका अजितले

काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले आफैँले बोेकेको राइफलले अनुहारमा गोली हानेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनी बिहान ड्युटीमै खटिएको पाइएको छ ।

“बाथरुमभित्र राइफल छ, गोली छ, मृत अवस्थामा भेटिएका छन्,” एसपी अधिकारीले भने, “प्रारम्भिक अवस्थामा उनले आफैँले गोली हानेको देखिन्छ ।” उनले ८ बजेर २ मिनेट जाँदा गोली हानेको अनुमान गरिएको छ । उनी बिहान ६ बजेदेखि १० बजेसम्म सोही स्थानमा ड्युटीमा खटिएका थिए ।

उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो ।

संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए