एमाले अध्यक्ष ओलीले बालकोटमा देउवासँग गरे दुई घन्टा छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन् । कांग्रेस सभापति देउवा ओली भेट्न शनिबार अपराह्न बालकोट पुगेका हुन् ।

उनीहरूबीच झण्डै दुई घन्टा लामो छलफल बालकोटमै बसेर भएको स्रोतको दाबी छ। यद्यपी कुराकानीका विषयहरू भने बाहिर ल्याउन खोजिएको छैन।

सत्ता गठबन्धन मुख्य घटक एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचको यो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

देउवा पत्नि आरजू राणालाई लिएर बालकोट पुगेका थिए।