प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘अहिलेसम्म एमालेले समर्थन फिर्ता लिएको छैन, एमालेले मन्त्री फिर्ता बोलाए अहिले नै राजीनामा दिँदैनौँ,’ पौडेलले भने ।

एमालेले भने आजै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने बताएको छ ।

विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ।