नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् ।
यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।
अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।