नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीयमा शनिबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकबाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका निम्ति योगदान र योग्यतामा आधारित मापदण्ड तय गरिएको हो ।
योग्यता र योगदानलाई मुख्य आधार बनाएर प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा जाने मन्त्री छान्ने निर्णय बैठकबाट गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।