प्रधानमन्त्री ओलीले भने- मलाई बधाई म्यासेन्जरबाटै दिनू, खादा-माला लिएर नआउनू

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यम अपनाउन आग्रह गरेका छन् ।

प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा समयको बचत हुने उल्लेख गर्दै भेटमा पनि खादामाला प्रयोग नगर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ’, ओलीले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा-माला प्रयोग नगर्न अनुरोध गर्छु ।’

एमाले अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।