कांग्रेसलाई रास्वपाको जवाफ- नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ?

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले उपसभामुख पद राजनीतिक बार्गेनिङको विषय बनेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लगभग १९ महिना पहिले उपसभामुख इन्दिरा रानाले लेखेको पत्रलाई अहिले राजनीतिक बार्गेनिङको विषय बनाइएको बताएका हुन् । उपसभामुख रानाले यस विषयमा आफ्नो गल्ती भयो भनेर स्वीकार पनि गरिसकेको उनले बताए ।

साथै, उनले कांग्रेसले आज उपसभामुख रानाको कारण नेपालीको शिर झुक्यो भन्ने निश्कर्ष निकालेको स्मरण गराउँदै उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउँदा नेपालीको शीर किन झुकेन ? भनी प्रश्न गरे ।

‘आज नेपाली कांग्रेसका अभिव्यक्ति आयो कि नेपालीको शिर झुकाउने काम भयो भनेर । नेपालको शीर त्यो बेला किन झुकेन, जुन बेला नेपालीलाई शरणार्थी भनेर पठाइयो । त्यो बेलामा शीर झुकेन ? नेपालको शीर त्यो बेला किन झुकेन ?’ उनले भने ।