राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गरेको जानकारी दिएका छन् ।
बुधवार बसेको सचिवालय बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हिजो साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको जानकारी दिएका हुन् । भेटमा उनले आफूले प्रधानमन्त्रीलाई गलत बाटो नरोज्न अनुरोध गरेको जानकारी दिए ।
‘प्रमसँग मैले गलत गर्दै हुनुहुन्छ भनेर भेटेर भनेको हो । जे सोँचेको छ त्यो सत्य हो भने घातक हुन्छ भनेर मैले भनेर आएको हो‚’ उनले भने । जवाफमा ओलीले आफू नेपाली कांग्रेस सहितका दलसँग छलफलमा रहेको प्रतिक्रिया दिएको जानकारी दिए ।















