बागलुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको सरकारी नम्बर प्लेट भएको जिप भुङ्खानीमा दुर्घटना हुँदा दुई महिला र एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

दुर्घटनामा एक जना घाइते भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रहेका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ ।

सामान्य घाइते भएका पुरूषलाई उपचारका लागि बागलुङ अस्पताल पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।