युरोकपः स्पेन र स्विडेनले खेले बराबरी

युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । गएराति स्पेनको सेभियामा भएको खेलमा घरेलु टोली स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोकेको हो ।

बराबरीसँगै दुबै टोली समुह ई मा अग्रता लिन असफल भएका छन् । यो समुहको अर्को खेलमा पोल्याण्डलाई २–१ ले हराएको स्लोभाकियाले अग्रता लिएको छ ।

युरोकपकै अर्को खेलमा चेक गणतन्त्रले स्कटल्याण्डलाई २–० ले हरायो । स्कटल्याण्डको ग्लासगोमा भएको खेलमा पाहुना टोली चेक गणतन्त्रका लागि प्याट्रिक शिकले दुई गोल गरे ।

युरोकप फुटबलमा आज समुह एफ का दुई खेल हुनेछन् । बेलुकी पौने १० बजे हंगेरीको बुडापेस्टमा हुने खेलमा घरेलु टोली हंगेरीले पोर्चुगलको सामना गर्दा राती पौने १ बजे जर्मनीको म्युनिखमा घरेलु टोलीलाई फ्रान्सले चुनौती दिनेछ ।

युरोकप फुटबलमा समुहका पहिलो चरणका खेलहरु आजबाट सकिदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार