सर्वोच्चको फैसला स्वागत योग्य, अदालतले आफ्नो गरिमा बढायो : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको बताएका छन् । नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालिकाको गरिमा बढाएको बताए । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भने ।

उनले संविधान, संसद् र लोकतन्त्रको रक्षा भएको भन्दै मृत्युशय्या‍मा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको बताए ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार